तपाईँ सुन्दै हुनुहुन्छः

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन – युक्रेनका राष्ट्रपति जेलेन्स्की

किभ। युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताउनुभएको छ । उहाँले मंगलबार भन्नुभएको छ– मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन ।

उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उहाँले जनाउनुभएको छ । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उहाँले बताउनुभएको हो ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरु पश्चिमा देशहरुले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button