तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ रत्न पुरस्कार–२०७८ बाट फणिनारायण सम्मानित हुँदै

तनहुँ । तनहुँ सम्पर्क समाज पोखराद्वारा स्थापित तनहुँ रत्न पुरस्कार–२०७८ बाट  तनहुँ सम्पर्क समाज पोखराका आजीवन सदस्य तथा समाजसेवी फणिनारायण पोख्रेल सम्मानित हुनुहुने भएको छ ।

समाजका निवर्तमान अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा कोषाध्यक्ष जगन्नाथ गौतम र कार्यसमिति सदस्य चित्रबहादुर अधिकारीको ३ सदस्यीय छनौट समितिले पोख्रेललाई सिफारिस गरेको हो । फागुन १३ गते समाजको २० औँ स्थापना दिवसको अवसरमा नगद रु १० हजार र ताम्रपत्र सहित सम्मान गरिने समाजका अध्यक्ष अम्बिका प्रसाद भट्टराईले जानकारी दिनुभयो ।तनहुँको साबिक राईपुर गाउँ पञ्चायतका वडा अध्यक्ष, उपप्रधानपञ्च हुँदै प्रधानपञ्चसम्म करिब १५ वर्ष नेतृत्व गरेका ८१ वर्षीय पोख्रेल शुक्लागण्डकी नगरपालिका वडा नं. ११, राइपुर स्थायी ठेगाना भई २०५५ सालदेखि पोखरा ७, माछापुच्छ्रे«टोलमा बस्दै आउनुभएको छ । 

समाज पोखरा स्थापनाका साथै तनुङ्गेको सुखदुःखमा पु¥याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको संयोजक शिवराज पौडेलले जानकारी दिनुभयो ।तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राध्यापक डा.बुद्धि बहादुर थापा सम्मानित हुनुभएको थियो ।

तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट नगद सहित सम्मान गरिँदै आएको छ । २०५९ सालमा स्थापित समाजले वित्तीय कारोबारका लागि आफ्ना सदस्यद्वारा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. समेत स्थापना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button