तपाईँ सुन्दै हुनुहुन्छः

भियतनामद्वारा २० देशका लागि फेरि हवाई उडान खुल्ला

हनोइ। भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । 

कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।   

उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिकालगायतका रहेका छन् ।

भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि अडान खुल्ला नगरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार यसअघि उडान हुँदै आएका ब्रुनाई, भारत, इन्डोनेसिया, म्यानमार, फिनल्याण्ड, इटली र स्विजरल्याण्डमा भने अहिले पनि उडान पुनः सञ्चालन गरिएको छैन । 

भियतनाममा अहिले हप्ताभरीमा आवत जावत गरेर ३७० उडान हुने गरेको पनि निर्देशक इन्डोकले बताउनुभयो । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button