छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मङ्गलवार पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९, नेवार पानीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प–१५०३ नम्बरको मोटर साइकल ना.५त ७३३८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय १७ वर्षीय सुदिप तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तितुङको उपचारको क्रममा हेटौँडा स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्र सरोवर गाउँपालिका–२ कलङ्कीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट आउँदै गरेको बा.५७ प ८५७० नम्बरको मोटरसाइकल इन्द्र सरोवर–२, सुकौरामा सडकबाट ४ सय फिट तल खस्दा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्