तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस पर्साको जिल्ला, नगर तथा गाउँ अधिवेशनको कार्यतालिका सार्वजनिक

बीरगंज । नेपाली कांग्रेस पर्साको जिल्ला अधिवेशन तथा स्थगित नगर, गाउँ अधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।

File photo

निर्वाचन समिति र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताबिच आज पार्टी कार्यालयमा सम्पन्न छलफलपछि नगर तथा गाउँ अधिवेशनका लागि फागुन १२ गते उम्मेदवारी दिने, १३ गते फिर्ता लिने तथा सहमति गर्ने र १४ गते सहमति नभए निर्वाचन गर्ने निर्णय भएको छ ।

वीरगन्ज महानगरपालिका सहित ३ वटा नगरपालिका र १० वटा गाउँपालिकाको निर्वाचन नेपाली काँग्रेसको पार्टी कार्यालय रामगढवामा गर्ने निर्णय भएको नेपाली कांग्रेस क्षेत्रिय सभापति महम्मद सहाबुद्दिनले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला अधिवेशनका लागि १५ गते उम्मेदवारी दिने र १६ गते निर्वाचन गर्ने सहमति भएको छ । जिल्ला अधिवेशन भने आदर्शनगर स्थित बाल कल्याण गृहमा हुने जनाइएको छ ।

निर्वाचन समितिका संयोजक नरेन्द्र केसीको अध्यक्षतामा आज भएको छलफलमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री, रामनारायण कुर्मी, काँग्रेसका चार वटै क्षेत्रका क्षेत्रिय सभापतिहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button