तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सम्बन्धी सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उहाँले  कोभिड १९ को सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने बनाउनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना, सङ्घीय संसद्को संयोजन र विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रियामा राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लाग्नुभएका तथा दुई वर्ष कार्यकाल बाँकी रहनुभएका सांसदहरू सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड–१९ को जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिका बारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताउनुभयो।

उहाँले कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको उहाँले बताउनुभयो। 

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालीन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदाहरणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button