एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरूलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् ।
रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्