गण्डकीमा ७० अङ्क ल्याए ट्रायल पास

कास्की ।यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा सुरु गरेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अङ्क ल्याए पास हुने नयाँ निर्देशिकामा व्यवस्था छ । यस अगाडि प्रयोगात्मक परीक्षामा शतप्रतिशत अङ्क ल्याउनु पर्ने नियम रहेको ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रयोगात्मक परीक्षाको एक कार्यक्रमका बिच सुरुवात गर्नु भएको हो । उहाँले यातायात कार्यालयलाई सेवाग्राही मैत्री बनाइछाड्ने प्रतिबद्धता समेत व्यतm गर्नु भएको छ ।
अब लाइसेन्स निकाल्न प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए पास हुने व्यवस्था लागु भएको छ । मोटरसाइकल, जिप, डेलिभरी, स्कुटर, मोपेड, कार, भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्ने छ । जसमा घुमाउरा आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी सवारी चालन अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको छ । गण्डकी प्रदेश सरकारले यो व्यवस्था कार्यान्वयनमा गरेको हो ।

निर्देशिका अनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि हो । कार्यालयका इन्जिनियर इश्वरमणी भण्डारीले नयाँ परीक्षा प्रणाली अनुसार उर्तिण प्रतिशत बढेर २० देखी २५ प्रतिशत पुग्ने अनुमान रहेको जानकारी दिनु भयो । पुरानो प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने प्रतिशत ५ देखी १० प्रतिशत मात्र थियो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीलेका अनुसार निर्देशिका लागु भएसँगै यो महिनाको सुरु अर्थात् १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ संशोधनसहित अनुरूप उत्तीर्ण हुनुपर्ने छ ।
कार्यविधिमा परीक्षार्थीहरूले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्यूनतम ७० प्रतिशत अङ्क ल्याउनुपर्ने उल्लेख छ । मापदण्ड अनुरूपको पहिलो लिखित परीक्षा भने ६ फागुनबाट सुरु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्