राजस्व छली भित्र्याइएको ८० क्विन्टल तोरी बरामद
बीरगंज । भारतबाट अवैध रुपमा राजस्व छली नेपाल भित्र्याइएको अवस्थामा सशस्त्र प्रहरीले ८० क्विन्टल तोरी बरामद गरेको छ ।

अवैध रुपमा राजस्व छली भारतबाट पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीबाट वीरगन्जतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीको मधेस प्रदेश छिन्नमस्ता वाहिनी बर्दिबास सहित सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वार्टर पर्साबाट खटिएको संयुक्त टोलीले ना ४ ख ९२४६ नम्बर ट्रकसहित ४ लाख मूल्य बराबरको ८० क्विन्टल तोरी बरामद गरेको सशस्त्र प्रहरी १३ नम्बर गण हेड क्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताउनुभयो ।
ट्रकसहित सशस्त्र प्रहरीले त्यसका चालक माडी नगरपालिका वडा नम्बर ५ रमाइलो डाँडा निवासी ३१ वर्षीय दिपक दराइलाई समेत पक्राउ गरेको र चालकसहित ट्रक थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्