तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले संसद्मा टेबल भएको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले एमसीसीको विपक्षीमा उभिनका लागि वातावरण तयार गर्ने र आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

प्रवक्ता खतिवडाले पाँच दलीय गठबन्धनमा एमसीसीका कारण दरार नआउने जनाउँदै नेपाली काँग्रेसलाई समेत एमसीसीका विपक्षमा मतदान गर्न अनुरोध गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button