देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण
काठमाडौँ । आज देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
८ हजार १ सय ४० नमूना परिक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज १ हजार २ सय ५ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर ११ हजार २ सय ८२ सक्रिय संक्रमित रहेका छन् ।
आज ८ लाख ८३ हजार ४ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्