तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ ।      

केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उहाँले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिनुभएको हो । 

बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्य योजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय गरेको छ ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राख्नुभएको थियो । 

बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button