तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा २७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

कोभिड वार्डमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय पुरुषको गएराती ९ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

माघ २८ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएका उनी फागुन ७ गते कोभिड वार्डमा भर्ना भएका थिए । उनले कोरोना विरुद्धको एक मात्रा खोप लगाएका थिए ।

अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने बाँकेका ३५१ जनाको कोभिडबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button