विद्यार्थीहरूलाई न्यायिक सचेतना तालिम प्रदान
डडेलधुरा । डडेलधुराको नवदुर्गा गाउँपालिका अन्तर्गत माध्यमिक विद्यालय स्तरका छात्र छात्रालाई कानूनी सचेतना तालीम प्रदान गरिएको छ ।

नवदुर्गा गाउँपालिका न्यायिक समितिद्वारा भुवनेश्वरी माध्यमिक विद्यालय असुर्पामा आयोजित एक दिने तालिममा नेपालको संविधान, नागरिक अधिकार, मौलिक हक तथा अधिकार, नागरिक कर्तव्य, देवानी संहिताका सामान्य सिद्धान्त, वाल विवाह कानूनी प्रावधान, फौजदारी कानूनका सिद्धान्त र प्रावधान, जबरजस्ती करणी र अपराधजन्य कानून, भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी कसुर, सम्बन्ध विच्छेद, स्थानीय सरकार र स्थानीय न्यायिक समितिको जिम्मेवारी र हेर्नु पर्ने विवाद लगायत राज्यका विभिन्न तहले निर्माण गरेका कानून नियम ऐनका आधारभूत विषयवस्तुमा तालिम दिइएको हो ।
गाउँपालिका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक डम्बरी ओलीको अध्यक्षतामा सञ्चालन भएको एक दिने तालीमको प्रशिक्षण वरिष्ठ कानून व्यवसायी हरि प्रसाद भट्टले दिनुभएको थियो ।
प्रति विद्यालय ४५ जना छात्रछात्रा सहभागी रहने न्यायिक तालीम नवदुर्गा गाउँपालिकाका सात माध्यमिक विद्यालयमा सञ्चालन हुने र जसमा तिन विद्यालयमा तालीम सम्पन्न भइसकेको उपाध्यक्ष ओलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्