तपाईँ सुन्दै हुनुहुन्छः

मिलको फित्तामा बेरिएर एक पुरुषको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर ज्यान गएको छ । आइतबार बिहान ९ बजेतिर आफैले सञ्चालन गरेको मिलमा अन्न पिस्ने बेला मिलको फित्तामा बेरिएर बर्ष ५० का धनसिंह धामीको ज्यान गएको हो । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायणसिंह विष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, गहुँ पिस्ने बेला आफ्नै मिलको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button