प्रतिनिधि सभामा एमसीसी प्रस्तुत गर्ने विषयमा निर्णय लिन गठबन्धनको बैठक बस्दै

काठमाडौं । अमेरिकी अनुदान सहायताअमेरिकी आर्थिक सहायता मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा सत्ता साझेदार दलको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अनुमोदनका लागि संसद्मा प्रस्तुत गर्न प्रस्ताव गर्नु भएको छ भने अध्यक्ष द्वयले संसद् सुचारु गर्नु पर्ने र एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने अडानमा हुनुहुन्छ ।
यस अघि शुक्रवार पनि गठबन्धन दलका शिर्ष नेतासाँग यस विषयमा छलफल भएको थियो ।
यसैबीच प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयले बैठक दिउसो १ बजे बस्ने कार्यसूची सार्वजनिक गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्