‘एमसीसीबारे भइरहेको आलोचना सत्य छैन’
काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले नेपालमा हाल अमेरिकी सहयोग परियोजना एमसीसीबारे भइरहेको आलोचना सत्य नभएको बताउनुभएको छ ।

रिपोर्टस् क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा डा. महतले एमसीसी परियोजना देशको हितमा रहेको बताउनुहुँदै यसलाई संसदबाट पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले परियोजना पारित भए देशका लागि घातक तथा अमेरिकी सेना आउने जस्ता आलोचनाहरू गलत रहेको बताउनुभयो ।
डा. महतले सबै दलहरूको सहमतिमा परियोजनालाई पास गरिनुपर्ने धारणा राख्नुहुँदै देशको हितको सवालमा एक अर्को देशसँग सम्बन्ध बिगार्न नहुने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्