एससीसीको विषयमा जनतालाई प्रस्ट पार्नु आवश्यक छ : नेता डा.कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले एमसीसीको विषयमा गलत प्रचार भइरहेकाले यसबारेमा जनतालाई प्रस्ट पार्नु आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका वार्ड न ९ ले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले एमसीसी नेपालको हितमा रहेको भन्ने कुरालाई बुझाउन सक्नुपर्ने बताउनुभयो ।
उहाँले विकास निमार्ण तथा नेपालको गरिबी निवारण गर्दै लोकतन्त्रलाई बलियो बनाउनु एमसीसी परियोजनाको लक्ष्य रहेको उल्लेख गर्नुहुँदै यो परियोजना आउँदैमा नेपालमा अमेरिकन तथा विदेशी सेना आउने कुरा एएमसीसीको कुनै पनि बुँदामा उल्लेख नभएको बताउनुभयो ।
एमसीस ६३ अर्बको परियोजना भएकाले यो परियोजनाको उद्देश्य नेपालमा ट्रान्समिसन लाइनको बिस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढवा दिनु रहेको बताउनुभयो ।
एकातिर दलका नेताहरूले एमसीसी पास गर्नुपर्छ भनेर हस्ताक्षर गर्दै पत्र पठाउने अर्कोतिर त्यही दलका नेताले सडकमा विरोध गर्न लगाउने प्रबितिले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उहाँको भनाई छ ।
उहाँले १०/ १२ वर्षदेखि नेपालमा प्रवेश पाएको एससिसीको विषयमा सरकारको नेतृत्व गर्नेहरूले अमेरिकन सरकारलाई प्रस्ट रुपमा धारणा राख्न नसक्दा अहिलेको अवस्था सृजना भएको बताउनुभयो ।
केन्द्रीय सदस्य डा. कोइरालाले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफु नरहेको बताउनुभयो । नेपाल सार्वभौम मुलुक भएकाले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च रहेको उहाँको भनाई थियो ।
अर्को एक प्रसङ्गमा उहाँले प्रधानन्यायाधीश पटक पटक गलत काम गरेर विवादमा आउने काम गरेकाले महाअमिभयोग प्रस्ताव दर्ता भएको बताउनुभयो ।
प्रधानन्यायाधीश प्रश्न चिन्ह लाग्दा पनि यस विषयमा उहाँले न्यायालय तथा बार एसोसिएसनसँग छलफल गर्नुपर्नेमा आफूखुसी अघि बढ्न खोजेकाले सरकारमा सहभागी गठबन्धन दलहरूले महाअभियोग प्रस्ताव दर्ता गरेको उहाँले प्रस्ट पार्नुभयो ।
डा. कोइरालाले महाअभियोग प्रस्ताव पास गर्न एमालेसहित दुई तिहाइको समर्थन आवश्यक रहेकोले महाअभियोग प्रस्ताव पास हुने विषयमा अहिले केही भन्न नसकिने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस विराटनगर महानगरपालिकाका सभापति दिपक चापागाईँ, नेपाली काँग्रेस क्षेत्र नं. ६ ख का सभापति मधुबाबु तिवारी, महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठ लगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिनुहुने सहिदहरूको चर्चा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्