मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु

सुर्खेत । सुर्खेत–नेपालगञ्ज रत्नराजमार्गको हर्रे चेकपोष्ट नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–१०, घारीवनका २० वर्षीय रविन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
छिन्चुदेखि नेपालगञ्ज जाँदै गर्दा बबई तर्फको भिरबाट दुई सय मिटर तल मोटरसाइकल खसेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिप्रकाका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा घटनास्थलबाट दुबै जनाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पताल ल्याइएपनि मोटरसाइकल अहिलेपनि घटनास्थलमै रहेको छ ।
तीव्रगति (ओभरस्पीड) भएका कारणले भीर नजिकैको टर्निङमा मोटरसाइकलको मोड्न नसकेर गएराती नै दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आज विहानमात्रै बाटोमा ओहर–दोहर गर्ने यात्रुले मोटरसाइकल भिरबाट खसेको देखेपछि हर्रेस्थित नेपाली सेनाको चेकपोष्टलाई खबर गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्