तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) तथा समसामयिक राजनीतिक विषयका बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच पनि शुक्रवार बैठक भएको थियो । उक्त बैठकमा एमसीसीबारे दलहरुबीच सहमति नजुटेपछि आइतबार पुनः बैठक बस्ने गरी सकिएको  थियो ।

शुक्रवारको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने तयारी गरिए पनि अन्तिम समयमा गठबन्धन दलमा कुरा नमिल्दा यो विषय थप पेचिलो बनेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button