तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर जाजरकोटमा एक जनाको मृत्यु 

जाजरकोट  । जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको भेरी नगरपालिका ७ पुन्मा रुपाकोटको ३७ वर्षीय मानबहादुर कामीको टिमुरे भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष चन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । 

वडा नम्बर ६ भेरेबाट घर आउँदै गर्दा टिमुरे भीरबाट दुई सय मिटर तल खोलामा खसेर घटनास्थलमै मृत्यु भएको अध्यक्ष शाहीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button