समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकता आजको आवश्यकता : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकसित र समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।
७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै तिमिल्सिनाले सङ्कीर्ण स्वार्थका लागि जेजस्ता गतिविधि भइरहेका छन् त्यस्ता प्रवृत्ति प्रति सम्पूर्ण राजनीतिक दलहरू र आम नेपाली जनता सजग र सचेत हुन आवश्यक रहेको बताउनुभएको छ।
उहाँले व्यक्तिगत र दलगत सङ्कीर्ण स्वार्थ त्यागेर राष्ट्र निर्माणको महान् अभियानका लागि सबै राजनीतिक दलहरू बीच सहमति हुनुपर्ने उल्लेख गर्नुहुँदै यही नै सहिदहरू प्रतिको सम्मान हुने उल्लेख गर्नुभएको छ।
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्