तपाईँ सुन्दै हुनुहुन्छः

संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

file photo

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

यसैबीच, संघीय संसद् सचिवालयले हिजो नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button