तपाईँ सुन्दै हुनुहुन्छः

माछा पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु

भद्रपुर, झापा । माछा पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ । 

झापाको शिवसताक्षी नगरपालिका ४ का ४९ वर्षीय सञ्चरिया ताजपुरियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डिएसपी वसन्त पाठकका अनुसार बुधवार साँझ घरनजिकै रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि मोरङको विराटनगरस्थित नोबेल अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button