तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ 

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा चोकबाट चोरीको मोटरसाइकल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने सफिक देवानको नाममा दर्ता रहेका प्र.२(०३)०१४प.४५८४ नम्बरको रातो र कालो रङ्ग भएको मोटरसाइकल खोज तलास गर्ने क्रममा सवारी सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २४ वर्षका आकाश प्रसाद चौरसिया, सोही स्थान बस्ने बर्ष १९ का निरज पासवान र २४ वर्षीय सुनिल यादव रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

पक्राउ परेका तीनै जना माथि चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख  प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button