तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना हुनुभएको छ । आठ वर्ष अगाडि मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना हुनु भएको हो । 

पेस मेकर परिवर्तन गर्न प्रदेश प्रमुख शर्मा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र बाँसबारीमा भर्ना हुनु भएको शर्माका प्रेस संयोजक शिव चौलागाईले जानकारी दिनुभयो । 

उहाँको बुधवार (भोलि) पेश मेकर परिवर्तन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख शर्मा लामो समयदेखि मुटु रोगबाट प्रभावित हुनु हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button