तपाईँ सुन्दै हुनुहुन्छः

फेरामा सकेट बम फेला, डिस्पोजल टोली बोलाइयो

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ बेनी स्थित फेरामा सकेट बम फेला परेको छ । 

स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेपछि प्रशासनलाई खबर गरेका हुन् । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

सो स्थानमा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । द्वन्द्वकालीन समयमा लुकाइएको बम फेला परेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button