फरार अभियुक्त १५ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । जबरजस्ती करणी गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ बस्ने ४३ वर्षीय विनोद दुलाललाई सिन्धुपाल्चोक प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।
२०६३ साल वैशाख १९ गते १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको दुलाललाई विशेष सूचनाको आधारमा सिन्धुपाल्चोक, साँगाचोकबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ तत्कालीन ठूलोसिरुवारी गाविस वडा न १ स्थित सल्लाघारी जङ्गलमा अभियुक्त दुलालले ती बालिकामाथि जबरजस्ती करणी गरेका थिए । पक्राउ परेका दुलाललाई थुनछेक बहसपछि जिल्ला अदालत सिन्धुपाल्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै कारागार कार्यालय चौतारामा चलान गरेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्