काँग्रेस संसदीय दलको बैठक : एमसीसीका विषयमा छलफल

काठमाडौं ।नेपाली काँग्रेस संसदीय दलकाे बैठक बानेश्वर स्थित सङ्घीय संसद् भवनको लाेत्सेहलमा जारी छ ।
प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीका विषयमा छलफलभइरहेकाे छ ।
बैठकमा सांसद्हरुले एमसीसी संसदबाट पास गर्नुपर्ने धारणा राख्नुभएको नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।
यस्तै नेपाली काँग्रेसका नेता रामशरण महतले एमसीसीका बारेमा गलत प्रचार भएको भन्दै एमसीसी पास गरेर अमेरिका सँगको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जाेडदिनुभयाे ।
पुर्वअर्थमन्त्री समेत रहनुभएका नेता महतले एमसीसी पास गरे आयात प्रतिस्थापन भई निर्यात प्रवर्द्धनमा टेवा पुग्ने बत्ताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्