तपाईँ सुन्दै हुनुहुन्छः

झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या 

भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका–१ लाहुरेचौक का ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीया अनिता लिम्बूलाई घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेका हुन् ।

चक्कु प्रहार गर्ने तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा पुर्‍याएको छ ।

शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button