अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटकको सङ्ख्या घट्दो

पोखरा । कोरोना सङ्क्रमणपछि अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटकको सङ्ख्या घटेको छ । कोरोना सङ्क्रमणपछि यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या हिजो आज ह्वात्तै घटेको छ ।
सन् २०१९ मा यहाँ १ लाख ८१ हजार ५ सय ७६ जनाले पदयात्रा गरेकोमा कोरोना सङ्क्रमणपछि भने पर्यटकको सङ्ख्या निकै कम छ । कोरोना सङ्क्रमणपछि पर्यटकीय गतिविधि पनि ठप्प छ ।
गत वर्ष माघमा १६ हजार १ सय ५ मा जनाले अन्नपूर्ण पदयात्रा गरेका थिए । हिजो आज भने यस क्षेत्र आउने पर्यटकको सङ्ख्या निकै पातलो रहेको स्थानीयको भनाई छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि विश्वकै प्रख्यात मानिन्छ । ओमिक्रोन भाइरस फैलिएपछि अन्नपूर्ण पदयात्रामा पर्यटक जान छोडेपछि यहाँको पर्यटन व्यवसाय धान्न नै समस्या भएको यस क्षेत्रका पर्यटन व्यवसायीको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्