एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी छ ।
नेकपा एमाले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा सत्तारुढ दलका ९८ जना सांसदले हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाका विरुद्ध संसदमा दर्ता गराएको महाअभियोगको प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भइरहेको छ ।
हिजो साँझ आकस्मिकरुपमा बसेको नेकपा एमाले केन्द्रिय सचिवालयको बैठकले महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरे अनुसार आज संसदीय दलको बैठकले त्यस सम्बन्धी आवश्यक निर्णय लिने बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्