तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौँ ।ओमानमा भइरहेको चार देशीय टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ । नेपाली समय अनुसार खेल दिउँसो ३:४५ बजे सुरु हुने छ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज आयोजना भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

नेपालले आयरल्याण्डसँग यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button