तपाईँ सुन्दै हुनुहुन्छः

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर बाँडफाँड

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर बाँडफाँड भएको छ ।

लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर आइतबार साँझ बाँडफाँड गरेको हो ।

लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।

लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरका ५ लाख २२ हजार कित्ता आइपिओ जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button