तपाईँ सुन्दै हुनुहुन्छः

बतास समूहको पक्षमा उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो । 

“अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६–०१–३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु/नगराउनु भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, फैसलामा भनिएको छ ।  

कोषसँग नेपाल–भारतमैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द प्रालिले निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोषविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । 

अदालतले छलफलका लागि दुवै पक्षलाई यही फागुन ९ गते उपस्थित हुन आदेश दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button