श्रम सम्बन्धी चेतनामूलक सूचना र सन्देश प्रसारण गर्न सम्झौता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपालबीच रेडियो नेपालबाट श्रम सम्बन्धी विभिन्न चेतनामूलक सूचना र सन्देश प्रसारण गर्ने सम्बन्धी नयाँ सम्झौता भएको छ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछानेले आज हस्ताक्षर गर्नुभयो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपालबीच यसअघि पनि सम्झौता भई बालश्रमविरुद्ध चेतना जगाउने सूचना तथा सन्देश प्रसारण हुँदै आएको छ।








प्रतिक्रिया राख्नुहोस्