अस्पताल निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क दान
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सुविधा सम्पन्न १५ शैय्याको अस्पताल निर्माणका लागि स्थानीयले डेढ बिगाहा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

नगरपालिकाको वडा १ अम्राका २३ घरपरिवारले निःशुल्क जग्गा दान गरेका हुन । करोडौँ मूल्य बराबरको अन्नबाली लगाउने जग्गा अस्पताल निर्माणका लागि दान दिएको जग्गाधनी लागे बहादुर बुढाले बताउनुभयो । आफ्नै घर आँगनमा अस्पताल बन्ने खुसीमा आफूले भोग चलन गर्दै आइरहेको जग्गा निःशुल्क उपलब्ध गराउन पाएकोमा खुसी लागेको उहाँको भनाइ छ ।
सङ्घीय सरकारको एक स्थानीय तह, एक अस्पताल योजना अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र १८ करोडको टेन्डर समेत भइसकेको इन्जिनियर महेश देवकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्