तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा । झापामा सशस्त्र प्रहरी बलले कटुवा पेस्तोलसहित एक जनालाई आज पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा आज बिहान भद्रपुर नगरपालिका वडा नं ६ का २४ वर्षीय मुगालाल माझीलाई कटुवा पेस्तोलसहित घरबाटै पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नं गणका प्रवक्ता प्रेम भण्डारीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालयका प्रहरी समेत २० जनाको संयुक्त प्रहरी टोलीले बिहान साँढे ६ बजे माझीको घरमा खानतलासी गर्दा घरको बाहिरपट्टि लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।

बरामद भएको पेस्तोलसहित माझीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको भद्रपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button