सिन्धुपाल्चोकमा इ–पासपोर्ट वितरण सुरु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इ–पासपोर्ट ( विद्युतीय राहदानी ) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आजबाट इ –पासपोर्ट वितरण सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई इ–पासपोर्ट हस्तान्तरण गर्दै आजबाट इ–पासपोर्ट वितरण थालिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको अनुसार गत पौष ९ गतेबाट इ– पासपोर्टका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ जना सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ जनाको इ–पासपोर्ट वितरणको क्रममा रहेको अधिकारी खनालले जानकारी दिनुभयो ।
आवेदन दिएको १५ दिनभित्र इ–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्