तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकहरूलाई घर–घरमा उपचार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई घरमा पुगेर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

स्थानीय तहको निर्वाचनसँगै २०७४ सालबाट पालिकाले उक्त कार्यक्रम स्वास्थ्य शाखाको सहयोगले चौमासिक रुपमा सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य शाखाले गएको हप्तादेखि पालिकाको सबै ६ वटा वडामा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गरिरहेको छ ।

हालसम्म ३५० भन्दा बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गर्ने क्रम जारी रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरूलाई प्राथमिक उपचारका साथमा प्रेसर, सुगर जाँच र निःशुल्क औषधी दिइँदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button