बारा जिसस परिसरमा २० कोठे व्यापारिक भवनको शिलान्यास
बारा । बाराको कलैयास्थित जिल्ला समन्वय समिति परिसरमा २० कोठे व्यापारिक भवनको शिलान्यास भएको छ ।

१ करोड २ लाख २३ हजार १ सय २९ रुपैयाँ लागतमा निर्माण हुन लागेको दुई तल्ले २० कोठे भवनको उद्घाटन जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंह र उपप्रमुख पवन ब्याहुतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
व्यापारिक भवन निर्माण भएपछि जिल्ला समन्वय समिति मात्र लाभान्वित नभई सर्वसाधारण पनि यसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्