तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल एक–आपसमा ठोक्किँदा चालकको मृत्यु  

चितवन । चितवनमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ७ का कमल चौधरी रहेका छन् भने, घाइते राप्ती नगरपालिका वडा नम्बर ६ का सन्तोष भण्डारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी चोकमा शनिबार साँझ ना६०प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना९प ९६६२ नम्बरको मोटरसाइकल साँझ ७ बजे एक आपसमा ठक्कर खाएको थियो । 

घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो ।

उपचारको क्रममा ना९प ९६६२ नम्बरका मोटरसाइकल चालक कमल चौधरीको शनिबार राती ९ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

ना६०प ३७८१ नं. मोटरसाइकल चालक भण्डारीको अवस्था भने सामान्य रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button