तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख तथा राष्ट्रियसभा अध्यक्षमा महिला अनिवार्य गर्न माग

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद्को सभामुख र राष्ट्रियसभा अध्यक्षमा एक जना महिला अनिवार्य हुनुपर्ने माग गर्दै ध्यानाकर्षण गराइएको छ । 

राष्ट्रियसभाका उपाध्यक्षसहित सात वटै प्रदेशका उपसभामुखले आज सिंहदरबारमा गरेको पत्रकार भेटघाटमा प्रदेशसभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभाका सभामुखमध्ये एक तिहाइ महिला हुनुपर्ने माग गर्दै राष्ट्रपतिको ध्यानाकर्षण गराइएको जनाइएको हो । 

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, उपसभामुखहरू प्रदेश १ का सरस्वती पोखरेल, मधेस प्रदेशका कुमारी देव, बागमती प्रदेशका राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, कर्णाली प्रदेशका पुष्पा घर्ती विष्ट, सुदूरपश्चिमका निर्मला बडाल जोशीले संयुक्त रुपमा राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै संवैधानिक परिषद् सम्बन्धी व्यवस्थामा राष्ट्रियसभा उपाध्यक्षलाई पनि समावेश गर्न माग गरिएको जनाइएको छ । 

यस्तै सभा तथा सचिवालय सञ्चालन सम्बन्धी काम कारबाही सभामुख र उपसभामुख एवं अध्यक्ष र उपाध्यक्षको ठोस कार्य विभाजन नीतिगत रुपमा नै गरिनुपर्ने राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले बताउनुभयो ।  

सभा सञ्चालन नहुँदा सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षहरूले सदनको छलफलमा भाग लिन पाउनुपर्ने ध्यानाकर्षण पत्रमा माग गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button