तपाईँ सुन्दै हुनुहुन्छः

युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । शुक्रवार भएको खेलमा पनि ओमानविरुद्ध नेपालले पहिला बलिङ गरेको थियो । जुन खेल ६ विकेटले नेपालले जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button