चार देशीय टी–२० क्रिकेट शृंखलाः नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ।
ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो।
दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अर्ध शतकीय पारी खेल्नुभएको थियो ।
अन्तिम ओभरमा नेपाललाई ९ रन आवश्यक रहेकोमा दीपेन्द्रको २ चौका र २ रनमार्फत् नेपाल विजयी भयो ।







प्रतिक्रिया राख्नुहोस्