तपाईँ सुन्दै हुनुहुन्छः

ओमानविरुद्धको खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । 

ओमानको अल अमेरेत क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लामिछानेका लागि कप्तान भएपछिको यो पहिलो खेल हो । 

नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्दै छ  । नेपालले ओमानसँग टी–२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । त्यतिबेला ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चार देशीय सिरिज खेल्न लागेको हो । सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button