माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताउनुभयो । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उहाँले भन्नुभयो, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लङ्घन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’
महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो ।
आवश्यक तयारी पूरा भए पछि अर्को बैठकको मिति तय गरिने पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्