तपाईँ सुन्दै हुनुहुन्छः

आज १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

File Photo

काठमाडौँ । देशभर आज १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

११ हजार ८ सय ८० जनाको नमुना परीक्षण गर्दा १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

आज संक्रमित २ हजार २ सय ३८ जना निको भएका छन् भने हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।  

यस्तै आज संक्रमित १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ६४ पुगेको छ । 

हाल देशभर २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । आज २ लाख २० हजार ६ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button