तपाईँ सुन्दै हुनुहुन्छः

माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसइई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

file photo

परीक्षाको समय तालिका भने भोलि सार्वजनिक गरिने अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button