सल्यानमा भीरबाट लडेर एकको मृत्यु
सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ का अन्दाजी ४० वर्षीय शोभाराम कामीको मृत्यु भएको हो ।
सोमबार कामको सिलसिलामा सोही गाउँपालिकाको वडा न १ कागखोलामा गएका उनी घर फर्किने क्रममा घरलीडाँडा जङ्गलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्थानीयले बुधवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शव बाटोबाट करिब चार सय मिटर तल पेदिखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्